समाचार

उच्च मनोबलका साथ काममा फर्किन स्वास्थ्यकर्मीलाई भेरी अस्पतालको आग्रह

Bheri

बाँके, १४ जेठ । डिउटीमा रहेका स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि आन्दोलित नेपालगञ्जस्थित भेरी अस्पतालले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई विगतमा झैँ उच्च मनोबलका साथ आ–आफ्नो जिम्मेवारीमा फर्किन अपिल गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, सदस्य सचिव तथा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापा, सदस्य धनराम वली, कृष्णप्रसाद श्रेष्ठ र सरस्वती मल्लले शुक्रवार विज्ञप्ती निकालेर कानुनी करबाहीका लागि ...

Read More »

कोरोना संक्रमितभन्दा निको हुनेको संख्या बढ्दै, आज एकैदिन झन्डै १० हजारले जिते कोरोना

mask-coron

काठमाडौं, १४ जेठ । नेपालमा विस्तारै कोरोना मुक्त हुने विरामी बढ्दै गएका छन् । विहीबारदेखि नेपालमा संक्रमित भन्दा निको हुनेको संख्या बढेको हो । वितेको २४ घण्टामा नेपालमा नौ हजार आठ सय ४१ जनाले कोरोनालाई जितेका छन् । एकै दिन सङ्क्रमणमुक्त हुनेको यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । अहिले सङ्क्रमण निको हुने दर ७८ दशमलव १ प्रतिशत पुगेको छ । ...

Read More »

चिकित्सक कुट्ने बिरुद्ध किटानी जाहेरी

kitani

इन्द्रेणी संवाददाता दाङ, १४ जेठ । नेपालगंज स्थित भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने तीन जनाविरुद्ध किटानी जाहेरी परेको छ । आज जेठ १४ गते भेरी अस्पताल प्रशासनले तीनजना विरुद्ध किटानी जाहेरी दिएको हो । चिकित्सकमाथि कुटपिट गर्न संलग्न रहेको भन्दै अस्पताल प्रशासनले नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य मानबहादुर रावत, लोकबहादुर रावत, र भरत रावतमाथि किटानी जाहेरी दिएको बताएको छ ...

Read More »

प्रतिनिधि सभा विघटनविरुद्ध रिटमा आजदेखि संवैधानिक इजलासमा सुनुवाइ

kanun

काठमाडौं, १४ जेठ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका सबै रिट निवेदनमाथि आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । आज सुनुवाइ हुने ३० वटामध्ये २६ निवेदनमा प्रतिनिधि सभा पुनःस्थापना र संविधानको धारा ७६ को ५ अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको छ । चार वटा निवेदनमा भने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै निरन्तरता हुनुपर्ने दाबी गरिएको छ ...

Read More »

भेरीमा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण, एक तलामाथिबाट हाम फालेर स्वास्थ्यकर्मीले ज्यान जोगाए

Bheri

नेपालगञ्ज, १४ जेठ । कोरोना संक्रमितको जीवनरक्षामा जुटेका स्वास्थ्यकर्मी भिडबाट असुरक्षित भएका छन् । महामारीमा अथक संघर्ष गरेका भेरी अञ्चल अस्पतालका डाक्टर र नर्सहरूमाथि बिहीबार साँझ एक समूहले सांघातिक हमला गरेको छ । ज्यान जोगाउन डाक्टर र स्टाफ नर्सले एक तलामाथिबाट हाम फालेका छन् । एक साताअघि पूर्वको विराट मेडिकल कलेजमा पनि स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत दाङको तुल्सीपुर उपमहानगरपालिका– ...

Read More »

दाङ घोराहीको मितेरी अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचार सुरु  

miteri aspatal

केशरमान बुढाथोकी बिगत लामो समय देखि विभिन्न विशेषज्ञ सेवा प्रदान गर्दै आइरहेको दाङ घोराही स्थित मितेरी अस्पतालले कोरोनाका बिरामीहरुको उपचार सुरु गरेको छ । यस अगाडी दाङमा सरकारी अस्पतालहरुमा मात्र कोरोनाका बिरामीहरुको उपचार गर्ने गरे पनि प्राइभेट अस्पतालले पहिलोपटक कोरोना अस्पताल स्थापना गरेको अस्पतालका संचालक महाबिर जिसीले बताए । हाल अस्पतालमा कोरोनाका बिरामीहरु राखेर उपचार प्रारम्भ गरिसकेको उनको भनाई थियो । अस्पतालको सम्पूर्ण ...

Read More »

प्रतिनिधिसभा विघटनविरुद्धका सबै मुद्दा संवैधानिक इजलासमा

cholendra

काठमाडौँ, १३ जेठ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका सबै रिट निवेदनको सुनुवाइ संवैधानिक इजलासमा गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज नियमित इजलासमा शुरु भएको १९ रिट निवेदन संवैधानिक इजालमा पठाउने आदेश दिएको हो । उक्त आदेशसँगै प्रतिनिधिसभा विघटनविरुद्धका ३० वटै रिट निवेदनमाथि सुनुवाइ शुक्रबार संवैधानिक इजलासमा हुनेछ । मन्त्रीपरिषदको सिफारिसमा जेठ ७ गतेको निर्णय ...

Read More »

आज कोरोना संक्रमण हुनेभन्दा कोरोना जित्ने धेरै

mask-coron

इन्द्रेणी अनलाइन काठमाडौं, १३ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७३१ सङ्क्रमित थपिएका छन् भने सात हजार २२६ जनाले कोरोनालाई जितेका छन् । पछिल्लो २४ घण्टामा २० हजार ४१४ जनाको आरटीपीसीआर परीक्षण गरिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ४२ हजार २५६ पुगेको छ । हाल एक लाख १६ ...

Read More »

चीनले दिनेभयो नेपाललाई थप १० लाख डोज कोरोना खोप

khop

काठमाडौं, १३ जेठ । सरकारी संयन्त्रबाट भएका प्रयास परिणाममुखी नदेखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी भारत र चीनको शीर्ष तहमा खोप खरिद तथा सहायताका लागि पहल थालेकी छिन् । उनले बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोन संवाद गरेकी छिन् भने भारतीय समकक्षी रामनाथ कोबिन्दलाई मंगलबार चिठी पठाएर खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गरेकी छिन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सँगै राखेर राष्ट्रपति भण्डारीले ...

Read More »

शनिवारसम्म ठूलो पानी पर्ने

rainnn

काठमाडौं, १३ जेठ । देशका विभिन्न ठाउँमा केही दिन ठूलो पानी पर्ने भएको छ । आजदेखि शनिवारसम्म ठूलो पानी पर्ने सम्भावना भएकाले सचेत रहन मौसमविद्हरुले सबैमा अनुरोध गरेका छन् । बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवातको कारण प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम ...

Read More »

Social Media Auto Publish Powered By : XYZScripts.com