दाङ । दाङ घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपतिका लागि आवदेन खुल्ला गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको उपकुलपति सिफारिस समितिको सचिवालयले गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेको छ । मङ्सिरको २५ गते प्रकाशित सूचनामा सात दिनभित्र दरखास्त दिन आह्वान गरिएको छ ।
इच्छुक उम्मेदवारले आफ्नो शैक्षिक योग्यतासहित कार्यानुभव, आवश्यक कागजात तथा पेसागत योजना स्पष्ट रूपमा उल्लेख गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सिंहदबारस्थित सिफारिस समिति सचिवालयमा आवेदन दिन सक्ने सूचनामा भनिएको छ ।
गत २९ असोजमा प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले पदबाट राजीनामा दिएपछि प्रतिष्ठान उपकुलपति विहीन छ ।











