काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । शुक्रबार नियुक्त भएका चार मन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति कार्यालयमा आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेलसमक्ष नयाँ चार जना मन्त्रीले शपथ लिएका हुन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नाम, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाई र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।