पाल्पा । पाल्पामा पहिरोले घर पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन्। माथागढी गाउँपालिका २ रुप्सेका ७५ वर्षीय शेरबहादुर चिदी पहिरोले घर पुरिएर मृत्यु भएको छ ।

गम्भीर घाइते शेरबहादुरलाई उपचारका लागि पाल्पा अस्पताल पुर्‍याउदा चिकित्सकले मृत घोषणा गरेका थिए। पहिरोमा परेर उनकी नातिनी १७ वर्षीया दीना घर्तीमगर, छिमेकी १५ वर्षीया झरना घर्तीमगर बेपत्ता भएका छन्।