काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदैछन्। देउवा दिउँसो १२ः३० मा काठमाडौं आइपुग्ने तय भएको छ।

देउवा जेनजी आन्दोलनका क्रममा गरिएको सांघातिक आक्रमणमा गम्भीर घाइते बनेपछि उपचारका लागि सिंगापुर गएका थिए। सरकार निकटस्थ स्रोतका अनुसार देउवाको आवागमनमा कुनै बाधा अवरोध नगर्ने बताएको छ । देउवालाई सुरक्षाकर्मीले विशेष सुरक्षा दिएर निजी निवास महाराजगञ्जसम्म पुर्‍याउने तयारी छ।