काठमाडौं । सोलुखुम्बुको फेरिचेमा ल्यान्डिङको क्रममा दुई हेलिकप्टर आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ ।

आज मंगलबार बिहान सवा ८ बजेतिर ल्यान्डिङका क्रममा फिसटेल एयर र एयर डाइनास्टीको हेलिकप्टर आपसमा ठोकिएका हुन् । ल्यान्डिङका क्रममा दुई वटा हेलिकोप्टरको पंखा ठोकिएर पल्टिएका थिए ।

दुर्घटनामा एक जना विदेशी नागरिकको मृत्यु भएको बताइएको छ । ती व्यक्ति को र कुन देशका नागरिक हुन् भन्ने भने खुलेको छैन । दुर्घटनामा अर्का एक घाइतेको उद्धारका लागि प्रभु एयरको हेलिकप्टरबाट उद्धार गरिएको छ ।