काठमाडौं । नेपाल प्रिमियर लिगको आज हुने खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स तथा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्दैछन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा विराटनगरले जनकपुरसँग प्रतिस्पर्धा गर्नेछ । दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा लुम्बिनीले पोखरासँग खेल्नेछ ।











