काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै इलाममा अनशनरत प्रा.डा. गोविन्द केसीको स्वास्थ अवस्था जटिल बनेपछि उपचारका लागि काठमाडौ ल्याउने तयारी भएको छ। उनलाई लिन सेनाको हेलिकप्टरबाट काठमाडौं लगिन लागेको हो ।
२५ औँ पटक सत्याग्रहमा बसेका केसीको रगतमा चिनीको मात्रा अत्यधिक घटेपछि अस्पताल भर्ना गरिएका केसीको अवस्था जोखिमपूर्ण रहेको चिकित्सकले बताएका छन्। केसीलाई शनिबार राति करिब ८ बजे उपचारका लागि भर्ना गरिएको थियो। टाइप–२ मधुमेहका बिरामी रहेका उनको रगतमा ग्लुकोजको मात्रा खतरनाक स्तरसम्म घटेको पाइएको छ।











