सल्यान । सल्यानको दार्मा गाउँपालिका–३ फारुला बजार नजिकै दोभान खोलामा ३२ वर्षीय भुवन चन्दको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानले खोलामा फेला परेको शव दार्मा गाउँपालिका–४ गलाँतका ३२ वर्षीय भुवन चन्दको रहेको पुष्टि गरेको छ ।
चन्दको शव खोलामा कोल्टे परेको अवस्थामा फेला प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











