डोल्पा । डोल्पाको जिल्ला कारागारबाट आठ जना कैदी फरार भएका छन्।
सदरमुकाम दुनैस्थित कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति कैदी फरार भएका स्रोतले जनाएको छ । घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सहितको टोली कारागार पुगेको छ।
घटनाको विस्तृत अनुसन्धान तथा स्थलगत निरीक्षणपछि मात्रै घटनाको थप विवरण यकिन हुने प्रहरीले जनाएको छ।
घटनाबारे कारागार र जिल्ला प्रहरी कार्यालयले भने औपचारिक जानकारी सार्वजनिक गरेको छैन।











