काठमाडौं । प्रहरीले शुक्रबार काठमाडौंका विभिन्न सञ्चारमाध्यमका कार्यालय पुगेर पत्रकारहरूलाई धरपकड गरेको छ।
प्रहरीले सादा पोशाकमा समाचार कक्षमै गएर नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको हो ।

त्यस्तै डिएनए खबरका प्रधान–सम्पादक धिरज बस्नेत र मोटिभेट न्युजका प्रधान–सम्पादक शोभराज बराललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नेपाल प्रेस डटकमको बानेश्वरस्थित कार्यालयबाट पत्रकार सुवेदीलाई पक्राउ गरेको हो। कार्यालयमा काम गरिरहेका बेला सादा पोसाकमा आएका प्रहरीले उनलाई पक्राउ गरेर लगेका थिए। त्यसपछि उनलाई साइबर ब्युरोमा बुझाइएको छ।