रोल्पा । वर्षापछि खसेको पहिरोले रोल्पामा घरगोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी दुई जना गम्भीर घाइते छन् । थवाङ गाउँपालिका–५ बोटलबारामा पहिरोले ६ वटा घर गोठहरु पुरिंदा अरु १० जना बेपत्ता भएका छन् ।

बुधवार बेलुकी पौने ९ बजेतिर खसेको पहिरोमा परी १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी घाइते २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सन्जय घर्ती मगरलाई गम्भीर अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार घटनास्थल विकट रहेकाले घटनाको थप विवरण संकलन भइरहेको छ।