काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन्। जबरालाई महाराजगन्जस्थित आफ्नै निवासबाट गएराति प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा जबालाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका एक उच्च प्रहरी अधिकारीले जानकारी दिए। यद्यपि, उनीविरुद्ध परेको उजुरीको विस्तृत विवरण भने अझै खुलाइएको छैन ।