काठमाडौं । मेडिकाल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति भक्तपुरस्थित उनकै घरबाट प्रसाईंलाई पक्राउ गरेको हो ।
हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा उनी पक्राउ परेका हुन् । यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए । उनी अहिले पनि आन्दोलनको तयारीमा थिए ।











