काठमाडौँ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज भएको खेलमा कर्णाली याक्सले काठमाण्डु गोर्खाजलाई एक सय ५० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ४९ रन बनायो । कर्णालीका लागि गुल्सन झा ४९ रनमा अविजित भए। उनले २२ बलमा ६ चौका तीन छक्काको सहयोगमा उक्त रन बनाए ।

यस्तै पवन सर्राफले ३५, मार्क वाटले ३०, निजिबुल्लाह जादरन र दीपक डुम्रेले १०/१० रन बनाए। बलिङमा काठमाण्डुका रासिद खानले दुई तथा सन्तोष यादव, मिलन्ड कु्मार र कप्तान करण केसीले एक एक विकेट लिए । कर्णाली याक्सले यसअघि चार खेलमा एउटा मात्र जितेको छ ।