दाङ । दाङमा प्रहरीले स्वरुप परिवर्तन गरिएका सवारी साधन नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुर बजार क्षेत्रमा चेकिङका क्रममा स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने सात मोटरसाइकललाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले मंसिर १२ र १३ गते दुई दिनमा उक्त मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि यातायत व्यवस्था कार्यालय, तुलसीपुरमा पठाएको छ ।