काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवकेशील साझा पार्टीबीच आज एकता हुँदैछ । आज दिउँसो २ बजे राष्ट्रिय सभा गृहमा यी दुई पार्टीले एकताको घोषणा गर्ने कार्यक्रम छ ।
पार्टी एकीकरणका अन्य प्राविधिक सवालहरू दुवै दलका नेतृत्वहरूको उच्च समझदारीको जगमा चाँडै टुंग्याइने बताइएको छ । विवकेशील साझा पार्टी रास्वपाकै चनाव चिह्न स्वीकार गर्न तयार भएको छ ।











