काठमाडौँ । तिनकुने क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् । घाइतेलाई अहिले तीनकुनेस्थित कान्तिपुर अस्पतालमा लगिएको छ । घाइतेको कम्मरमा गोली लागेको बताइएको छ ।

शुक्रबार राजावादीहरुले गरेको आन्दोलन अराजक र उग्र हिंसात्मक भएपछि प्रहरीले असुरग्याँस, पानीका फोरा हानेको थियो । आन्दोलन थप अराजक उग्र भएपनि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले हवाइ फायर गरेको थियो ।

आन्दोलनकारीहरुले प्रहरीको हतियार समेत खोसेका थिए । तिनकुनेको झडपमा सात जना सशस्त्र प्रहरी समेत घाइते भएका छन् ।