काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले राजनीतिक दललाई कमजोर ठानेर कसैले पनि देशलाई मध्ययुगिन इतिहामा फर्काउने दुस्साहस चेतावनी दिएका छन् ।

शुक्रबार समाजवादी मोर्चाले भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लोकतन्त्रमाथि षड्यन्त्र गर्न नखोज्ने सुझाव दिए । यदि यसो गरियो भने पूर्वराजाले गुमाउन बाँकी केही नरहने समेत चेतावनी दिए।

प्रचण्डले राजतन्त्रले विगतमा गरेको गल्ती बाटै देश लामो समय संकरमणको शिकार भएको भन्दै उनले थप गल्ती नगर्न चेतावनी दिए। “त्यो गल्तीको परिणाम भोगिरहेकै छन्, अब अर्को गल्ती गरे भने उनले भोग्न बाँकी केही रहँदैन”, उनले भने।