दाङ, ३ साउन
दाङको निघुवारमा वयलडाँडी खेलेर वाल विवाह न्यूनिकरण सम्बन्धिको सचेतना दिईएको छ । वालवालीकाको विवाह गरेर मनाउने परम्परा रहेको बयलडाँडीमा निघुवार स्रोता समुहले वाल विवाह न्यूनिकरण गर्ने शन्देस सहीत पहीलो पल्ट गाउँमा वयलडाँडी खेलेको हो ।ballll

सानै उमेरमा वालवालीको विवाह गर्दा हुने असर र समस्याका वारेमा दर्साउन वलयडाँडी खेलीएको निघुवार स्रोता समुहका अध्यक्ष शान्ति चौधरीले जानकारी दिनुभयो । स्रोता क्लवले वाल विवाह न्यूनिकरण सम्वन्धी सडक नाटक समेत तयार पारेको छ ।

साझेदारी विकास परियोजना अन्र्तगत ईक्वल एक्सेस नेपालले गठन गरेको स्रोता समुहले स्वस्फुर्त रुपमा वलयडाँडी खेलेको हो । स्रोता समुहका सदस्यले आफै रकम संकलन गरेर वयलडाँडी खेल्दा चाहीने पोशाक र आवश्यक सामान आफै किनेका हुन् । बयलडाँडिमा गाउँमा वालविवाह हुने गरेको थाहा पाएपछी त्यसलाई रोक्न, सचेतना फैलाउन तथा बालबिबाह गर्दा स्वास्थ्यमा पर्ने असरका बारमो पनि छलफल भएको थियो ।।