रुकुमपश्चिम । स्यार्पुताल हामी सबैले सुनेकै नाम हो । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका– ३ र ५ मा रहेको स्यार्पुताल पछिल्लो समयमा पर्यटकीयस्थल बन्दै गएको छ ।

दुई दशमलव ६ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको स्यार्पुताल पानीले भरिएर थप आकर्षक बनेको छ । स्यार्पुताल सयर गर्ने पर्यटक दिनहुँ भरिभराउ हुन्छन् ।

तस्विर : राजु लामिछाने/रुकुमपश्चिम