इन्द्रेणी संवाददाता

फाल्गुण १०, घोराही । घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित सनलाइट कम्प्युटर इन्ष्टिच्यूट घोराही दाङको १५ औं वार्षिक उत्सव तथा दिक्षान्त समारोह भव्य रुपमा सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका वडा नं १५ का वडाअध्यक्ष श्री रमेश कुमार पाण्डेयको प्रमुख आतिथ्यतामा संचालन भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदी र दाङ जिल्ला प्याब्सनका बरिष्ट उपाध्यक्ष विरेन्द्र चन्द विशिष्ट अतिथिको रुपमा उपस्थित हुनुभएको थियो । कार्यक्रमका उद्घाटन प्रमुख अतिथि एवं वडाअध्यक्ष रमेश कुमार पाण्डेयले पानसमा बत्ति बालेर गर्नुभएको थियो भने स्वागत मन्तव्य सनलाइट कम्प्युटरका बरिष्ट प्रशिक्षक गेहेन्द्र कँवरले गर्नुभएको थियो । वि.सं. २०६६ सालमा स्थापित यस संस्थाले आंशिक छात्रबृत्ति देखि पूर्ण छात्रबृत्ति प्रदान गर्दै कम्प्युटर सम्बन्धी तालिम प्रदान गर्दै आएको प्रशिक्षक कँवरले जानकारी गराउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि रमेश पाण्डेले देशको यस्तो परिस्थितिमा कुनै संस्था निरन्तर १५ बर्षदेखि गुणस्तरिय तालिम प्रदान गर्न सफल हुन्छ भने त्यो एक उत्कृष्ट कार्य भएको र संस्थाको आउने दिनमा समेत उत्तरोत्तर प्रगतिको कामना गर्दै प्राविधिक शिक्षाले मात्र देशमा रोजगारीको अवसर प्रदान गर्ने भएकोले यस सनलाइट कम्प्युटरले दिने सेवा तथा तालिम प्रभावकारी देखिएको र अझ यसले राम्रो तालिम दिनेमा आफु विश्वस्त भएको बताउनुभयो ।

कार्यक्रमकाबिशिष्ट अतिथि सन्तोस सुवेदीले देशमा प्राविधिक जनशक्तिको कमि भएकोले बेला सूचना प्रविधिको क्षेत्रमा यस संस्थाले ठुलो योगदान गरेको र आउदा दिनमा समेत योगदान पुर्याउने आशा ब्यक्त गर्नुभयो यसै गरी अर्का बिशिष्ट अतिथि बिरेन्द्र चन्दले शिक्षा धेरै प्रकारको हुने र सीप सिक्नु र त्यसलाई प्रयोगमा ल्याउनु एक महत्वपूर्ण शिक्षा भएको बताउनुभयो। कार्यक्रममा सभाध्यक्ष तथा संस्थाकि प्रवन्ध निर्देशक प्रमिला डाँगीले संस्थाले हालसम्म १२ हजार बढी विद्यार्थीहरुलाई तालिम प्रदान गरेको र अझ संस्थाले कमिकमजोरी सुधार्दै आउदा दिनहरुमा गुणस्तरीय तालिम प्रदान गर्नेमा कुनै कमजोरी नगर्ने जानकारी गराउनुभएको थियो । कार्यक्रममा यस बर्ष प्रथम स्थान हासिल गर्ने विमला नेपाली, द्वितीय स्थान हासिल गर्ने चन्द्र बहादुर बस्नेत र तृतीय स्थान हासिल गर्न सफल सिद्धार्थ शर्मालाई सम्मान गरिएको थियो भने दिक्षित हुने अन्य विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक एवं साहित्यिक प्रस्तुति भएको थियो ।

कार्यक्रममा यमराज पुन मगरको ग्रुपद्वारा स्वागत नृत्य प्रस्तुत गरेका थिए भने संस्थामा अध्ययनरत छात्राहरु रबिना चौधरी, सृजना चौधरी, सपना पुन मगर, मन्जु पुन मगरहरुले नृत्य प्रस्तुत गरेका थिए भने मिलन पुन मगर, यमराज पुन मगर, पवल महरा, चन्द्र बहादुर के.सी.ले विभिन्न गजल तथा गित प्रस्तुत गरेका थिए । कार्यक्रम संचालन नगेन्द्र बहादुर के.सी. र नन्दराम राना मगरले गरेका थिए ।