दाङ । दाङको घोराहीस्थित कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सर्वोत्तम बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड विच भएको एकीकरणको घोषणा सभा आज शनिवार घोराहीमा सम्पन्न भएको छ । दुवै सहकारीको एकीकरण पछि आज शनिवार घोराहीमा पहिलो प्रारम्भिक साधारणसभा तथा एकिकरण घोषणा सभा सम्पन्न भएको हो ।
संस्थाको तदर्थ समितिका अध्यक्ष माधव खनालको अध्यक्षता तथा जिल्ला सहकारी संघ दाङका अध्यक्ष हेमराज गौतमको प्रमुख आतिथ्यमा एकीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष हेमराज गौतमले छरिएर रहेका सहकारी एकीकृत हुनु अहिलेको आवश्यकता रहेको भन्दै सदस्यमैत्री क्रियाकलापमा कलश बचत र सर्वोत्तम सहकारी अगाडी रहेकाले एकिकरणले सार्थकता पाउने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, घोराही उपमहानगरपालिका सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख प्रेम केसी,राष्ट्रिय सहकारी बैंक लिमिटेड घोराही शाखा प्रमुख प्रदिप अर्याल, जिल्ला बचत तथा ऋण सहकारी संघ दाङका अध्यक्ष विमल अधिकारी, निर्वाचन समितिका सदस्य हेमराजशर्मा लगायतले शुभकामना मन्तव्यव्यक्त गरेका थिए ।
सो अवसरमा संस्थाका निबर्तमान अध्यक्ष तथा एकीकरण कार्यदलका संयोजक बालचन्द्र शर्माले दुवै संस्था एकीकरणको आवश्यकता औचित्य माथि प्रकाश पार्दै संस्थाको उद्धेश्य र भावि रणनितीका वारेमा जानकारी दिएका थिए । संस्थालाई दिगो रुपमा सञ्चालन गर्ने, संस्था सञ्चालनको खर्चमा कटौती गरी नाफामूलक बनाउन,संस्थामा प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने,सदस्यहरुमा सेवाको बृद्धि र विस्तार,व्यवसायिक क्षमता अभिबृद्धि गर्ने,सक्षम र व्यवसायिक नेतृत्वको खोजी गर्ने,दोहोरो सदस्यता हटाउन सहयोग पु¥याउन,सहकारीमा नयाँ प्रविधि र नवप्रवर्तन प्रयोगमा सहयोग पु¥याउने उद्धेश्यले संस्था एकीकरण गरिएको शर्माले जानकारी दिए ।
यस्तै संस्थाले सदस्यता बृद्धिमा उल्लेख्य बिस्तार गर्ने, मोबाइल बैंकिङ एप संचालन गर्ने,शेयर सदस्यहरुलाई मासिक रुपमा ब्याज प्रदान गर्ने,जिरो सेवा शूल्कमा ऋण लगानी गर्ने, सहकारी बजारमा लगानी बढाई सहुलिएत दरमा सामानहरु खरीद विक्री गर्ने, अनलाइनमार्फत सामानहरुको अर्डर गर्न सकिने, सामानको होम डेलिभरी गर्ने,आवश्यक कार्यविधिहरुको निर्माण गर्ने रणनिति सहित एकीकरण गरिएको कार्यदलका संयोजकले बताए ।
साविक सर्वोत्तम बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष धु्रवराज पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष नवराज भण्डारीले दुवै संस्थाको एकीकरण पछि १९ करोड बढीको वासलात विवरण भएको जानकारी दिए भने सचिवविमल योगीले संस्थाको पुनर्लिखित विनियमका विषयमा जानकारी दिए ।
साधारणसभाले माधव खनालको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको छ । संचालक समितिको उपाध्यक्षमा चन्द्रावती पौडेल भण्डारी, सचिवमा विमल योगी, कोषाध्यक्षमा नवराज भण्डारी, सदस्यहरुमा शालिकराम खनाल, श्रीकान्त अधिकारी, ईश्वरी प्रसाद आचार्य,केशव रिजाल,मंगला राणा,गेहेन्द्र वस्नेत,गायत्रा खनाल रहेका छन् ।
साधारणसभाले हरिहर आचार्यको संयोजकत्वमा ऋचा डाँगी पाण्डे र श्रीधर योगी सदस्य रहेको ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति समेत निर्वाचित गरेको छ । कार्यक्रमको सञ्चालन तदर्थ समितिका सचिव विमल योगीले गरेका थिए ।











