‘राष्ट्रिय धान दिवस’ को अवसर पारेर सभ्यता पाठशालाले आफ्ना विद्यार्थीहरुलाई खेतमा लगेर धान रोपाइँको अभ्यास गराउँदै प्रयोगात्मक शिक्षाको अनुपम उदाहरण प्रस्तुत गरेको छ। “संस्कार, शिक्षा र सभ्यता स् हाम्रो प्रतिवद्धता” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै विद्यालयले सैद्धान्तिक ज्ञानलाई व्यवहारिक अनुभवसँग जोड्ने प्रयासस्वरूप यो कार्यक्रम आयोजना गरेको हो।
विद्यालयका विद्यार्थीहरू स्थानीय खेतमा हिलो खेलेर, धानका बिरुवा रोपेर रमाइलो गर्दै सिकाइको नयाँ अनुभूति लिएका थिए। “विद्यार्थीहरूलाई कृषि, परिश्रम र परम्परागत जीवनशैलीप्रतिको सम्मान सिकाउने उद्देश्य राखिएको हुनाले आजको यो अवसर विद्यार्थीहरुलाई प्रदान गरिएको हो” भन्ने जानकारी विद्यालयका प्रधानाध्यापकले जानकारी गराउनुभएको थियो ।
सहभागी विद्यार्थीहरूले भने, “हामीले किताबमा मात्र पढेको कुरा आज आफैंले अनुभव गर्न पायौं। हिलोमा खुट्टा गाडेर काम गर्नु सजिलो रहेनछ, तर रमाइलो पनि भयो।”
विद्यालयले आगामी वर्षहरूमा पनि यस्ता अनुभवात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
