घोराही, ३१ असार । घोराही उपमहानगरपालिका वडा नंं १ सिमलताराको भुतेर चौरमा करिब २ हजार विरुवा रोपिएको छ । वडा कार्यालय र मालझाक्री सामुदायिक वन उपभोक्ता समुहको समन्वयमा भुतेरचौरमा बिरुवाहरु रोपिएको हो ।

banकरिब ५ बिगाह क्षेत्रफल रहेको सो चौरमा विरुवा रोपण सँगै तारबार गरिएको वडा अध्यक्ष राममणि पाण्डेले जानकारी दिए । टिग, मसला, चिउरी, खयर लगाएत आधा दर्जन प्रजातिका बिरुवाहरु रोपिएको उहाँले बताउनुभयो । उक्त क्षेत्रलाई पार्क निर्माण गर्ने उदेश्य रहेको समेत उनको भनाइ छ ।