तुलसीपुुर, ३१ असार । तुलसीपुरमा रहेको ज्ञानज्योति सेकेन्डरी स्कुलमा कक्षा ११ विज्ञान संकायका विद्यार्थीहरुका लागि एकदिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ । विज्ञान विषयका सम्भावनाका साथै संकायगत ज्ञानका लागि आयोजना गरिएको कार्यक्रममा वोल्दै वक्ताहरुले विज्ञान विषय व्यवहारीक र जीवनपयोगी हुुनुपर्ने वताएका थिए ।

IMG_7890कार्यक्रमका प्रमुख अतिथि त्रिचन्द कलेजका प्राध्यापक राजेन्द्र गौतमले मानव जीवनका हरेक पक्षमा विज्ञानको प्रयोग हुने वताउदै यसलाई थप व्यवहारिक वनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रमका विशिष्ट अतिथि भौतिक शास्त्रका शिक्षक चुडामणी रजौरेले विद्यार्थीहरुमा प्रश्न गर्ने क्षमताको विकास हुनुपर्ने वताए । उनले विज्ञान विषयलाई जटिल भनेर केही व्यक्तिहरुले विद्यार्थीहरुको मनोवल खस्कने काम गरेको वताउँदै विद्यार्थीमा लगनशिलताको आवश्यकता हुनुपर्ने कुरामा जोड दिए । ‘विद्यार्थीहरुमा प्रश्न गर्ने गुण हुनुप¥यो जवाफ जसरी पनि पत्ता लाग्छ ’ रजौरेले भने ।

ज्ञानज्योती एजुकेशन फाउन्डेसनका अध्यक्ष टिकावहादुर जिसीले गुुणात्मक र नतिजामुखी दुवै खाले शिक्षाको विकासका लागि विद्यालय लागिपरेको वताए । उनले फाउन्डेसनले ग्रामिण भेगमा समेत विद्यालय विस्तार गरेको कुरा उल्लेख गरे । प्राचार्य सुरेन्द्र जिसीले विद्यार्थीहरुमा ज्ञान, सीप र क्षमतासँगै अनुशासन समेत हुनुपर्ने कुरामा जोड दिदै विद्यार्थी र अभिभावकको विश्वास जितेर काम गरिरहेको वताए । कार्यक्रममा विद्यार्थीहरु तारा रजौरे, मिरन पौडेल, राजकुमार विक र डिना भण्डारीले कलेजको पारिवारीक वातावरण र शैक्षिक गुणस्तरबाट प्रभावित भएको वताएका थिए ।

विद्यार्थीहरुलाई उत्प्रेरित गर्नका लागि आयोजना गरिएको कार्यक्रममा सहप्राचार्य मनोज केसी, शैक्षिक संयोजक शरद गौतक,शैक्षिक निर्देशक लोकेन्द्र खड्का, विज्ञान संकाय संयोजक सुन्दर देवकोटा, सह संयोजक रोशन सेन्चुरी,शिक्षकहरु पर्शुराम चौधरी, पुर्ण वस्नेत, अर्जुन वस्नेत, मदनराज भट्ट, विवेक डिसी लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा कलेजका विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।