काठमाडौं, १६ कार्तिक । लमजुङको मर्स्याङ्दी गाउँपालिकाको खुदीबाट १७ किलो सुन बोकेर ल्याउँदै गरेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
मनाङबाट मोटरसाइकमा आएका युवकले सुन झोलामा लिएर आउँदै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मनाङको नासोङ गाउँपालिका ९ दानाक्युका ३१ वर्षीय पासाङ गुरुङ भन्ने युवकलाई पक्राउ गरिएको हो । सुन बोक्न प्रयोग गरेको बा५८प ४२९१ नं को मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।