चितवन, १६ कात्तिक । आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभाका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन ३ बाट उम्मेदवारी दर्ता गरेका छन् ।

014बिहीबार साढे १२ बजेबाट माओवादी केन्द्र र एमालेको संयुक्त जुलुससहित जिल्ला निर्वाचन कार्यालय पुगेर १ बजे उम्मेद्वारी दर्ता गरेका हुन । अध्यक्ष प्रचण्डको प्रस्तावकमा माओवादी केन्द्रका नेता अमिक शेरचन र समर्थकमा एमाले नेता रामजी सापकोटा रहेका छन ।

त्यस्तै चितवन क्षेत्र नं‍ १ बाट पूर्वमन्त्री एवं एमाले नेता सुरेन्द्र पाण्डे र क्षेत्र नं। २ बाट पूर्वसांसद एवं एमाले चितवन अध्यक्ष कृष्णभक्त पोखरेलले उम्मेद्वारी दर्ता गरे ।