इन्द्रेणी संवाददाता
दाङ १६ कार्तिक । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि दाङ बाट पनि हेभीवेट नेताहरुले मनोनयन दर्ता गरेका छन् । उम्मेदवार घोषणा हुनु अगाबै सर्वाधिक चर्चा र चासोको रुपमा हेरिएको दाङमा माओवादी केन्द्रका प्रभावशाली नेता तथा बहालवाला उपप्रधानमन्त्री कृष्णबहादुर महरा र एमालेका प्रभावशाली नेता शंकर पोख्रेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
उपप्रधानमन्त्री महराले दाङ क्षेत्र नं २ बाट प्रतिनिधि सभाका लागि उम्मेद्वारी दिएका छन् भने एमाले नेता शंकर पोख्रेलले दाङ क्षेत्र नं २ कै क बाट प्रदेश सभाका लागि उम्मेद्वारी दिएका छन् ।
