काठमाडौं २६ असोज । आसन्न निर्वाचनको मुखैमा आएर तीन दलले बामगठबन्धन बनाएपछि उत्पन्न राजनीतिक परिस्थितिमाथि अहिले नेपालस्थित शक्ति राष्ट्रका कुटनीतिक नियोगहरु निकै सक्रिय देखिएका छन् । दुई छिमेकी देश भारत र चीन तथा अमेरिकाको नेपालस्थित दूतावासले अहिले निकै सक्रियता बढाएका छन् ।

राजदूतकदेखि दूतावासका कर्मचारीले अहिले विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका अधिकारी, सरकारी अधिकारीदेखि सचारकर्मीसँगको भेट वाक्लो पारेका छन् ।

alina manjiv_shz3oHVjwdपछिल्लो राजनीतिक घटनाक्रमले आसन्न निर्वाचन प्रभावित हुन्छ कि भन्ने चिनियाँ चासो देखिएको छ भने भारत र अमेरिका चुनाव सार्ने लविङमा लागेका छन् ।निर्वाचनका लागि बन्दसूचि पेश गर्ने समय असोज २९ को लागि तोकिएको छ । त्यसकारण अवका दुई दिन शक्ति केन्द्रहरुमा चलखेल थप बढ्ने सम्भावना छ ।रातोपाटीलाई विभिन्न स्रोतहरुबाट यस्ता भरपर्दा सूचनाहरु प्राप्त भएका छन्, यदि राजनीति त्यहीँ दिशातर्फ गयो भने चुनाव भाँडिन सक्छ । अमेरिकी र भारतीय अधिकारीहरुले जस जसलाई भेटेका छन्, उनीहरुका अनुसार ती दुई देश बामगठबन्धनप्रति असन्तुष्ट छन् र मंसिर १० र २१ गते दुई चरणमा हुन लागेको चुनाव सार्ने पक्षमा छन् ।

भारत र अमेरिकाको नेपालस्थित नियोगले प्रधानमन्त्री शेरबहादुर देउवामाथि चुनाव सार्न दवाव दिईरहेको स्रोतको भनाई छ । काँग्रेस स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आफु निकटका केही नेताहरुसँग यसवारे विफ्रिङ पनि गरिसकेका छन् ।

केही दिन अगाडि मात्र प्रधानमन्त्री देउवाले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई राष्ट्रपति विद्यादेखि भण्डारीसँग भेट गर्न पठाएका थिए, जहाँ मन्त्री कार्कीले मंसिर १० को पहिलो चरणको चुनाव सारेर एकैपटक मंसिर २१ मा गर्ने सरकारी प्रस्ताव सुनाएका थिए । राष्ट्रपति भण्डारीले भने यसमा सवै राजनीतिक दलको सहमति चाहिने बताएपछि सरकारको अनौपचारिक प्रस्तावले मूर्त रुप लिन सकेन । यद्यपी शक्ति राष्ट्रका काठमाडौंस्थित दूतहरु भने अझै पनि चुनाव सार्न प्रधानमन्त्री देउवामाथि दवाव बनाइरहेका छन् ।

काँग्रेस निकट स्रोतका अनुसार भारतीय र अमेरिकी राजदूतले विभिन्न च्यानल मार्फत अहिलेको अबस्थामा चुनाव गरे त्यो लोकतन्त्र र काँग्रेसको भविष्यको लागि सुखद नहुँने भन्दै चुनाव सार्न सुझाव दिएका हुन् ।

भेटमा कतिपयले प्रधानमन्त्रीलाई असंवैधानिक कदम चालेर भएपनि चुनाव सार्ने वातवरण बनाउन सुझाव दिएको काँग्रेस निकट उच्चस्रोतको भनाई छ । पछिल्लो पटक प्रधानमन्त्री देउवाले माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु बर्खास्त गर्ने तयारी गरेको समचारहरु बाहिर आएका छन् ।
बामगठबन्धन चिनियाँ निकट रहेको भन्दै अमेरिका र भारत असन्तुष्ट देखिएका छन् ।

गत असोज २१ गते प्रधानमन्त्री देउवासँग चिनियाँ राजदूत यु हङ्गले भेट गरेकी थिइन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटघाटमा दुई देशबीच कुटनीतिक सम्बन्ध र वर्तमान राजनीतिक विषयमा कुराकानी भएको बताइएको थियो । त्यसैदिन राजदूतले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेसँग पनि भेट गरेकी थिइन् ।

भारतीय राजदूत पुरीले आइतवार प्रचण्डसँगको भेटमा गठबन्धनप्रति असन्तुष्टि जनाएको स्रोतको भनाई छ । भारत र अमेरिकारले नेपालको भूमिमार्फत तिब्वतमा अस्थिरता निम्ताउन खोजेको चिनियाँ आरोप रहँदै आएको छ । नेपालमा स्थिर सरकार भए तिब्बत मामलामा भारत र अमेरिकी चलखेल घटाउन सकिने चिनियाँ बुझाई छ ।

उता भारत र अमेरिकाको बुझाई पनि तिब्बतमाथि नजर लगाउन नेपाली भूमि सवैभन्दा उत्तम छ भन्ने छ । उनीहरुको यही स्वार्थको टक्करमा बेलाबेला नेपालको राजनीति प्रभावित हुने गरेको छ । रातोपाटी बाट