काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी बारा जिल्लाका सहसचिव एवं संगठन प्रमुख पवन चौधरीले पार्टी परित्याग गरेका छन् । आजकै मितिदेखि लागू हुने गरी साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका हुन् । चौधरी मधेस प्रदेशका संस्थापक सदस्य पनि हुन् ।
उनले रास्वपालाई संगठनमा सक्रिय रूपमा खटिएका सदस्यहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत गतिविधि भएको तथा पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको आरोप लगाएका छन्।
यसअघि रास्वपा मधेस प्रदेशकी संस्थापक अध्यक्ष ममता शर्मा, बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईं, संस्थापक सदस्य खेमकुमारी भुर्तेलले पार्टी परित्याग गरेका थिए ।











