जनकपुर । नेपाली कांग्रेसले मधेशबाट चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । पार्टी सभापति गगन कुमार थापाले बुधबार जनकपुरमा आयोजित प्रतिज्ञासभामा पार्टीको प्रतिज्ञापत्रको संक्षिप्त अंश सार्वजनिक गरेका हुन् ।

प्रतिज्ञापत्रको विस्तृत अंश भने भोलि बिहीबार राष्ट्रिय सभागृहमा हुने आयोजित कार्यक्रममा सार्वजनिक गरिने काग्रेसले जनाएको छ । साथै त्यसमा उठेका प्रश्नहरूको जवाफ सभापति थापाले दिने कार्यक्रम छ ।