भोजपुर । निर्वाचनमा खटिएका सेना लिएर गएको बस बुधबार दिउँसो भोजपुरमा दुर्घटना भएको छ । भोजपुर नगरपालिका ३, सेतीबगर नजिकै बस दुर्घटना भएको हो ।

सेना बोकेको ना. ४ ख ७३१७ नम्बरको बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । घाइते २४ जनामध्ये आठ जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ । दुर्घटना किन र कसरी भयो भन्नेबारेमा विस्तृत आउँन बाँकी छ ।