काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी छाडेकी छन्।बुधबार विज्ञप्ती जारी गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी गराएकी छन्।
हाल रास्वपाको महिला तथा सामाजिक विकास विभागकी सदस्य समेत रहेकी शर्माले आगामी फागुन २१ गते हुन लागेको चुनाव सम्बन्धमा पार्टीले अबलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालिन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठीक विपरित भएको भन्दै राजीनामा दिएको विज्ञप्तीमा उल्लेख छ । उनले आर्थिक अनियमितताबाट पार्टीका निर्णय प्रेरित भएको आरोप समेत लगाएकी छन् ।











