दाङ । दाङमा जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार नै नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । प्रलोपातर्फबाट दाङ क्षेत्र नंं. २ मा उम्मेदवार रहेका प्रतिक अधिकारीले आज बुधवार नेकपामा प्रवेश गरेका हुन् ।

घोराहीमा आज आयोजित पत्रकार सम्मेलनमा आफूले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार निर्मल आचार्यलाई समर्थन जनाएका छन् । साथै उनले पुनः पार्टीमै फर्किएको बताएका छन् । अधिकारीलाई नेकपाका क्षेत्र नंं. २ मा उम्मेदवार उम्मेदवार निर्मल आचार्यले स्वागत गरेका थिए ।

प्रगतिशिल लोकतान्त्रिक पार्टीले दाङ क्षेत्र नं. २ सहित जिल्लाका सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारलाई निष्कृय पारेर नेकपा एमालेलाई चुनावमा सघाउने सहमति गरेपछि अधिकारी नेकपामा प्रवेश गरेका हुन् ।