काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र श्रीमती आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ । सोमबार न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले काठमाडौं जिल्ला अदालतबाट चैत २४ गते लिइएको पक्राउ पूर्जीको आधारमा पक्राउ नगर्न अन्तरिम आदेश दिएको हो।
“सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको हुँदा अध्यादेश जारी हुनुपूर्व काठमाडौं जिल्ला अदालतबाट चैत २४ मा पक्राउ पुर्जी जारी गर्न दिइएको अनुमति स्वतः निष्क्रिय हुने देखियो”, सर्वोच्चले भनेको छ। देउवाले आफूलाई प्रहरीले पक्राउ गर्न खोजेको भन्दै सर्वोच्चमा रिट दिएका थिए।











