इन्द्रेणी संवाददाता
दाङ, २६ असोज । कृषि विकास मन्त्रालयले दाङका किसानहरुका लागि १ करोड ६८ लाख २२ हजार रुपैयाँ पठाएको छ । साउन अन्तिम सातामा आएको वाढीका कारण क्षति पुगेका कृषिकहरुका लागि कृषि क्षेत्रको राहातका लागि सो रकम पठाएको हो ।

katanमन्त्रालयले वाढीपीडित तराईका २० जिल्लाका लागि १ अर्ब २५ करोड ५ लाख ६० हजार रुपैयाँ राहत पठाएको छ । त्यसमध्ये करिब ८० करोड रुपैयाँ अनुदान किसानको खातामा पुग्नेछ ।

२६ साउनदेखि परेको अविरल वर्षापछि आएको बाढीले तराईका २० जिल्लाको कृषि क्षेत्रमा ६ अर्बको नोक्सान गरेको थियो । त्यसलाई तत्काल पूर्ति गर्न प्रभावित क्षेत्रका किसानलाई ८० करोड रुपैयाँ अनुदान प्रवाहका लागि बजेट निकासा भएको कृषि मन्त्रालयका प्रवक्ता डा. योगेन्द्रकुमार कार्कीले बताए ।

 

कुन जिल्लामा कति रकम ?

पर्सा : ७ करोड १० लाख ५५ हजार

बारा : ६ करोड ३७ हजार

रौतहट : ११ करोड ४० लाख ८१ हजार

सर्लाही : १० करोड २५ लाख ६३ हजार

धनुषा : १६ करोड ३२ लाख ५२ हजार

महोत्तरी : १२ करोड ६९ लाख ३४ हजार

चितवन : १ करोड ५० लाख ९० हजार

रसुवा : १ करोड ८५ लाख ६ हजार

रामेछाप : ५७ लाख ६१ हजार

ललितपुर : १ करोड १९ लाख २२ हजार

झापा : १२ करोड १५ लाख १४ हजार

मोरङ : ५ करोड ४२ लाख ५२ हजार

सुनसरी : ५ करोड ४६ लाख ७५ हजार

सप्तरी : ६ करोड ८ लाख ३१ हजार

सिराहा : ६ करोड २६ लाख ११ हजार

बझाङ : २९ लाख ५९ हजार

दार्चुला : २३ लाख ७१ हजार

बैतडी : १७ लाख ५० हजार

कैलाली : २ करोड ५८ लाख ६० हजार

डोटी : २५ लाख

दाङ : १ करोड ६८ लाख २२ हजार

बाँके : ३ करोड ७४ लाख ३६ हजार

बर्दिया : ६ करोड १ लाख ३८ हजार

रुपन्देही : ८५ लाख ३४ हजार

कास्की : १९ लाख ८३ हजार

बाग्लुङ : १८ लाख ४७ हजार

गुल्मी : ५८ लाख ८७ हजार

नवलपरासी : १ करोड ६ लाख १८ हजार

कपिलवस्तु : १ करोड ७० लाख ६० हजार

तनहुँ : १ करोड ६ लाख ८७ हजार

स्रोत : कृषि विकास मन्त्रालय