सिरहा २६ असोज । सिरहामा एक महिलाको हत्या भएको छ । सुखिपुर नगरपालिकअसोज २ तेनुवापट्टी बस्ने वर्ष ३५ की नयन कुमारी सिंहको मृत शरीर केही बेर अघि फेला परेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए ।

उनले मृत भेटिएकी महिलाको शबको प्रकृतिले हेर्दा हत्या केही समय अगाडि नै गरिएको हुनसक्ने आशंका गरे । सुवेदीका अनुसार खेतको बाली रुग्नलाई बनाएको घरमा शब भेटिएको हो ।

जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक शेखर कोइरालाले शब प्रकृतिबाट हत्या जस्तो देखिएकोले घटना अनुसन्धान थालिएको बताए । उनले भने -ढिलो गरी घटना जानकारीमा आएको छ । दोषी उम्किन पाउदैन ।

मृतक महिलाको पति रामेश्वर सिंह फरार छन् । शब पोष्टमार्टमका लागि लहान अस्पताल ल्याइएको छ । यो सहित सिरहामा एकै सातामा सिरहामा दुई जनाको हत्या भएको छ ।