बाजुरा २६ असोज। बाजुराको स्वामिकार्तिक गाउपालिका ३ दलित बस्तीमा आगलागी भएको छ । २३ गते शाझ ६ बजे तिर घरबाहिर केटाकेटीहरुले आगो बालीरहेका बेला आगोको झिल्लाका एक घरमा गएको आगो सबै घरमा सल्केर दलित बस्तिमा आगलागी भएको छ ।
आगलागि बाट ६ जनाको घर पुर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यलयका निमित्त प्रमुख प्रहरी निरिक्षक जगदिस भट्टले बताएका छन् । आगलागी बाट खन्टे कामी, नरे कामी, हर्मले कामी, धन बहादुर कामी, धनराज कामी र गोरे कामीको घर रहेको छ । घरमा रहेका सम्पुर्ण सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । क्षतिको पुर्ण बिबरण आउन बाकि रहेको बताएको । प्रहरी घटना स्थलमा पुगि घटनाको विवरण लिइरहेको छ ।
सदरमुकाम मार्तडी बाट दिुई दिन टाढा रहेको बस्ति हो । आगाली भएपछि बिस्थापित परिवारको अरुको घरमा बसेका छन् । सबै सामान र खाद्यन्न जलेर नष्ट भएपछि उनिहरुलाई समस्या समेत भएको छ । क्षेतीको पुरा बिवरण आउन बाकी रहेको बताएको छ । जिल्ला सदरमुकाम बाट ३ दिन पैदल दुरीमा रहेको सो ठाउमा भएको घटनामा पर्नेलाइ राहत तत्तकाल राहत बितरण गर्ने दैबी प्रकोप उद्धार समितिले बताएको छ ।
