काठमाडौं, २७ असोज । आगामी मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी र हालसम्मका प्रगती बारे राजनीतिक दलहरुलाई जानकारी गराउन संसदमा प्रतिनिधित्व गर्ने मुख्य दललाई निर्वाचन आयोगले बोलाएको छ ।
निर्वाचनको मिति सार्न केही दलहरुबीच चर्चा चलिरहँदा आयोगले निर्वाचन तयारी बारे दललाई जानकारी गराउन भन्दै कान्तिपथस्थित आयोगको मुख्यालयमा दिउँसो १ बजे हुने छलफलमा प्रधानमन्त्री सहित संसदमा प्रतिनिधित्व गर्ने मुख्य दललाई बोलाईएको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।
उनका अनुसार निर्वाचनमा आवश्यक पर्ने सुरक्षा रणनितिबारे सुरक्षा अंगका प्रमुखसंग छलफल गरेको भोलिपल्ट आयोगले तयारी बारे दलहरुलाई जानकारी गराउन लागेको हो ।











