दाङ, २७ असोज । दाङ–सुर्खेत सडक आगामी तीन वर्षभित्र कालोपत्रे हुने भएको छ । तीन वर्षभित्र कालोपत्रे गर्नका लागि मध्यपश्चिम सडक डिभिजन कार्यालय दाङले कालिका जेभी प्यासिफिक कन्ट्रक्सनलाई जिम्मा दिइसकेको छ ।

तुलसीपुर–सुर्खेत-सडकउक्त कन्ट्रक्सनसँग तीन वर्षभित्र दाङको तुलसीपुरदेखि सल्यान सुर्खेत सीमाना काल्चेसम्मको ६२ किलोमिटर सडक कालोपत्रे गर्नका लागि ३३ करोड रुपैयाँमा सम्झौता भइसकेको छ ।

अहिले दाङको दोघरेदेखि बालापुरसम्मको ५ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा पाएको प्यासिफिक विल्डर्सले दशैलगतै काम शुरु गरिसकेको सूचना अधिकृत गौतमले बताए ।

उक्त सडक अन्तर्गत दाङ–सुर्खेतसम्म ७७ किलोमिटर रहेको छ तर दाङको सडक डिभिजनले त्यसमध्ये ६२ किलोमिटरको काम गर्ने र बाँकी १५ किलोमिटर काम सुर्खेत सडक डिभिजन कार्यालयले गर्ने छ ।