दाङ, २७ असोज । दाङमा आज ११ जना जुवाडेलाई प्रहरीले जुवाको खालबाट पक्राउ गरेको छ ।
तुलसीपुर–६ वरुवागाउँबाट उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनीहरुलाई विषेश सूचनाको आधारमा रातिको १ बजे पक्राउ गरिएको हो । जुवाको खालबाट ७० हजार ५ सय ३० रुपैयाँ समेत वरामत गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई कानुनअनुसार कारवाही अघि वढाउने प्रहरीले जनाएको छ ।











