काठमाडौं, २७ असोज । माओवादी एमालेसहितको वाम गठबन्धनको घोषणासँगै नेकपा एमालेको सूर्य चुनाव चिन्ह लिएर निर्वाचन लड्ने घोषणा गरेका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले अन्ततस् आफ्नै पार्टीको चुनाव चिन्ह लिए्र चुनाव लड्ने भएको छ ।

_पार्टीको संघीय सचिवालय बैठकमा भट्टराईले देब्रे आँखा चुनाव चिन्ह लिएर निर्वाचन लड्ने घोषणा गरेका छन् । वाम गठबन्धनमा आफूले भागवण्डा नपाएपछि उनले गठबन्धनबाट वाहिरिने मनस्थीति बनाएका छन् ।