काठमाडौं, २९ साउन । नेपाली काग्रेसले संसदको एक महिनाको तलव वाढी पीडितलाई दिने निर्णय गरेको छ । आज वालुवाटारमा वसेको केन्द्रीय समितिको बैठकले एक महिनाको संसदको तलव वाढी पीडितलाई दिने निर्णय गरेको हो ।
‘हाम्रो दलका जति सांसद छौं सबैले वाढी पीडितको राहतका लागि एक महिनाको तलब उपलव्ध गराउने निर्णय गरेका छौं, बरिष्ठ नेता रामचन्द्र पौडेलले भन । बैठकले बाढी प्रभावित क्षेत्रमा पीडितहरुलाई बैकल्पिक बासको व्यवस्था गर्न र उनीहरुलाई तत्काल खानेकुरा उपलव्ध गराउन सरकारलाई आग्रह गरेको छ ।