इन्द्रेणी संवादादाता
दाङ, २९ साउन । लगातारको वर्षातका कारण आएको वाढीबाट मर्नेको संख्या दाङमा ३ पुगेको छ ।

badiआज हापुर खोला पर्ने क्रममा घोराही उपमहानगरपालिका वडा नं. १२ पेदागाउँ ३३ वर्षिया निर्मला बाठामगर खोलाले वगाउदा मृत्यु भएपछि वाढीबाट मर्नेको संख्या ३ पुगेको हो ।

यसअघि तुलसीपुर १३ सिमगैरीका भगवती सुनार र तुलसीपुर ४ का नरबहादुर रावतको मृत्यु भएको थियो ।