मुस्ताङ, २९ साउन । हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङमा ३० वर्षपछि हावाबाट पुनः बिजुली उत्पादन थालिएको छ ।

fean copy२०४५ सालमा मुस्ताङको कागबेनीमा पहिलो पटक हावाबाट बिजुली निकालिएपनि प्राविधिक कारणले केहीसमयमै बिग्रीएको थियो । अहिले मुस्ताङ सदरमुकाम जोमसोममा हावाबाट बिजुली निकालिएको छ ।

जिल्ला प्रहरी कार्यालयको परिसरमा राखिएको पङ्खाको सहायताबाट निकालिएको बिजुलीको पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओलीले आइतवार उद्घाटन गरे ।

बुद्ध पावर कम्पनीले निमार्ण गरेको दुईओटा टावरमा राखीएको पङ्खाबाट ३ किलोवाट विद्युत उत्पादन गरिएको छ।स्ताङको कागबेनीमा २०४५ सालमा हावाबाट विजुली उत्पादन भएको थियो तर, एक महीना नपुग्दै पङ्खा भाँचिएर बिग्रिएको थियो ।