शंकर केसी
सल्यान, २९ साउन । दाङ-सल्यान सडकखण्डमा सडक माथिबाट खसेका ढुंगाले गुडिरहेको यात्रुवाहक बसमा लाग्दा  एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते छन् । बस पल्टीएर सडकबाट तल खसेको छ ।

Untitled-1 copyराप्ती लोकमार्ग अन्तर्गत दाङ सल्यान सडकखण्डको कपुरकोट गाउँपालिका ३ गोठरी खोला भन्ने स्थानमा सडक माथीबाट खसेका ठूला ठूला ढुंगाले लाग्दा अन्दाजी ३२ वर्र्षीय एक पुरुषको घटना स्थलमै ज्यान गएको प्रहरी चौकी कपुरकोटले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म मृतकको सनाखत हुन सकेको छैन । सल्यान खलंगाबाट दाङ तर्फ गइरहेको ना ३ ख ३२३० नम्बरको सल्यान रुकुम यातायात समितीको गाडी आइतबार दिउँसो दुर्घटनामा परेको हो ।

घाइतेहरुको तुलसीपुर स्थीत अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी कपुरकोटका इन्चार्ज झग बहादुर कवरले जनाएका छन् । उनका अनुसार अर्काे गाडीमा पनि झरेको ढुंगाले लागेको छ ।

दाङ सल्यान सडकखण्डको ठाउँठाउँमा पहिरो झरेको छ । वर्षायामको बेला माथीबाट ढुंगाहरु झरिरहने भएकाले यात्रुहरु जोखिमपूर्ण तरिकाले यस सडकखण्डमा यात्रा गरिरहेको छन् ।