दाङ, २९ साउन । लगातारको वर्षातका कारण वाढीको जोखिम वढेदै गएपछि दाङको तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडामा वाढी पीडितहरुलाई उद्दार, राहत र व्यवस्थापन गर्न ‘मेयर प्राकृतिक विपद व्यवस्थापन’ कोषको गठन गरिएको छ ।

n1सरोकारवालाहरुको आज आइतवार वसेको वैठकले तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेको संयोजनमा कोषको गठन गरेको हो ।

कोषले पीडितलाई तत्काल राहत र उद्दारका लागि पहल गर्ने, विपत्तिमा परेकालाई एकद्वार प्रणालीबाट राहत वितरण गर्ने, कोषमा भएको राहत तथा नगद कोषकै निर्णयअनुसार वितरण गर्ने बताइएको छ ।