काठमाडौं, २९ साउन । वाढी र पहिरोमा परी अहिलेसम्म विभिन्न स्थानमा करीव ५० जनाको ज्यान गइसकेको छ । हजारौं विस्थापित छन् भने वेपत्ताको संख्या पनि वढिरहेको छ ।
वाढीले ज्यान गुमाउने, वेपत्ता हुने र विस्थापित हुनेको संख्या वढ्दै गर्दा उद्दारको कामलाई पनि तब्रि बनाइएको छ । उद्धारका लागि मात्रै ११ सय भन्दा वढी नेपाली सेना परिचालन गरिएको छ ।
चारदिन देखिको लगातारको वर्षातका कारण प्राकृृति विपत्ति आएको तराई क्षेत्रमा उद्धार गर्न शनिबार राति नै सेना परिचालन गरिएको सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
ताप्लेजुङ, पाँचथर, झापा, मोरङ, सुनसरी, सिन्धुली र पश्चिमतर्फको चितवन, बाँके लगातका क्षेत्रमा सैनिक परिचालन गरिएको निर्देशनालयले जनाएको छ । उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी खटिएपनि उद्धार कार्य ढिलाइ भइरहेको जनगुनासो छ ।
