काठमाडौ, २९ साउन । तराईका जिल्ला वाढीले प्रभावित भएका वेला प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । देउवाले आज साँझ ५ बजे बैठक बोलाएका हुन् ।
बैठकमा वाढीमा फसेकाहरुको उद्दार तथा पीडितलाई राहतबारे छलफल हुने स्र्रोतले जनाएको छ । बैठकमा बाढी प्रभावित क्षेत्रमा संकटकाल घोषणा गर्नेबारे समेत छलफल हुने बताइएको छ ।
